काठमाडौं । एनआईसी एशिया बैंक र स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल, धनगढीबिच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
यस समझदारीसँगै एनआईसी एशिया बैंकका ग्राहकले उक्त हस्पिटलमा स्वास्थ्य उपचार गर्दा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
हस्पिटलमार्फत ग्राहकले कार्डियोलोजी, न्युरोलोजी, जनरल मेडिसिन, पेडियाट्रिक्स, जनरल सर्जरी, गाइनोकोलोजी, नेफ्रोलोजी, डर्माटोलोजी, ग्यास्ट्रोइन्टेस्टाइनल, अप्थाल्मोलोजी, इएनटी, युरोलोजी, ओर्थोपेडिक्स, रेडियोलोजी, फिजियोथेरापी लगायतका स्वास्थ्य सेवामा छुट सुविधा लिन सक्नेछन् ।
यस सुविधा उपभोग गर्न ग्राहकले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नु पर्नेछ । साथै, बैंकको मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी गर्दा पनि छुट उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकले यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुका साथै मुलुकमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया