२०७८,श्रावण,८,शुक्रवार

ठेकेदारसँग घुस माग्ने जिल्ला अस्पतालका हेल्थ असिस्टेन्ट पक्राउ

२०७४,कार्तिक,२१,मंगलवार ०७:४६


गौर, २१ कात्तिक । जिल्ला अस्पताल रौतहटका हेन्थ असिस्टेन्ट तथा इमरजेन्सी इन्चार्ज प्रवीण कुमार झा १ लाख नगद घुससहित पक्राउ परेका छन् ।

ठेकेदारसँग घुस मागेको भन्दै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ गरेको हो । जिल्ला अस्पताल गौरमा मर्मत तथा रंङ्गरोगनको ठेक्का लिएका एक ठेकेदारसँग झाले १ लाख रुपैयाँ घुस मागेका थिए ।

जापानीज सँस्था कोइकाको समेत लगानी गर्दै गरेको जिल्ला अस्पतालको स्तरोन्नतीका काम समेत भइरहेको थियो । काम गर्ने क्रममा पटकपटक रकम मागेर हैरान बनाएको भन्दै ठेकेदार अख्तियार गुहार्न पुगेका थिए ।

ठेकेदारको उजुरीपछि झालाई कार्यकक्षबाटै अख्तियारको टोलीले नगद रकमसहित नियन्त्रणमा लिएको हो । हेल्थ असिस्टेन्ट झाले भने आफूले सापट रकम मागेको दाबी गरेका छन् ।

 

प्रकाशित मिति: २०७४,कार्तिक,२१,मंगलवार ०७:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली कागजपत्र बनाएर विदेश जान खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ

चितवन । चितवनमा भएको एक सैनिकको हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले

काठमाडौं– प्रहरीले चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरण्मा उनकै ठूलो बुबाका छोरालाई पक्राउ गरेको छ । चितवन प्रहरीले सुजिताको ठूलो बुबाका

जाजरकोट। जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुगिन् । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी दमाईं पहिलो पटक

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६