काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रतिक्रिया जनाएका छन् ।
बालेनले फेसबुकमा व्यंग्य कविता लेख्दै त्यसबारे टिप्पणी गरेका हुन् ।
उनले भोलिबाट सपनामै भेट होला भन्दै व्यंग्य कसेका छन् ।
उनले लेखेका छन् :
‘भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबीच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया