काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले सरकारले समयमा काम नगरेकाले यस्तो अवस्था आएको जिकिर गर्दै उक्त निर्णयको माओवादी केन्द्रले विरोध गर्ने स्पष्ट पारे ।
उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सामाजिक सञ्जाल बन्द गर्नु मुलुककै लागि घातक हुने चेतावनी दिए । पाण्डेले भने, ‘सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, सरकारले यो कुरा गम्भीरतापूर्वक लिनुपर्छ ।’
उनका अनुसार सामाजिक सञ्जालको नियमन आवश्यक भए पनि त्यसका लागि पहिला समस्या कहाँ छ भन्ने पहिचान गरी समाधान खोजिनुपर्छ । ‘सरकारले वातावरण नबनाउने, समयमा काम नगर्ने अनि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने काम गर्दैछ, यसको हामी विरोध गर्दछौँ,‘पाण्डेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया