ल्यान्डमार्क होटेल र प्रभु बैंकबिच विशेष छुट सम्बन्धी सम्झौता

लोकपथ
105
Shares

काठमाडौं । दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबिच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

कार्यक्रममा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा विपणन कर्पोरेट निर्देशक अमृत ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीले चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवासहितका ल्यान्डमार्क होटेल तथा रिसोर्टका शाखाबाट सेवा लिँदा विशेष छुट पाउनेछन् । सेवाको भुक्तानी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य कुनै डिजिटल माध्यममार्फत गर्नुपर्ने छ ।

ग्राहकहरूले आवास सेवामा विशेष संस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?