काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उखु किसानका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद केसीले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उनले कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी भएको बताए । उखु सिकसाको बक्यौता भुक्तानी, सरकारी अनुदान पूर्ववत राख्न तथा मल आपूर्ति गर्न माग गरे ।
उनले भने, ‘सभामुख महोदय कृषिप्रधान देशका किसानहरु निरन्तर समस्यामा छन् । उखु किसानहरु भुक्तानी ढिलाई, सरकारी अनुदान कटौती, कम मूल्य र मलको अभावले धर्नामा छन् । तत्काल माग सम्बोधन होस् ।’
उनले बाढी पहिरोबाट विभिन्न ठाउँमा नागरिकले ज्यान गुमाइरहेको भएपनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया