एमालेले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

लोकपथ
364
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक हुँदैछ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अपराह्न ३ बजेको बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ।

विधान महाधिवेशन भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?