प्रचण्डको आरोप : ‘वर्तमान सरकारले भ्रष्टाचार र बेथिति रोक्न सक्दैन’

लोकपथ
84
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रष्टाचार र बेथिति विरुद्ध कुनै पनि कदम चाल्न नसक्ने बताएका छन् ।

बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले वर्तमान सरकारले भ्रष्ट, दलाल र विचौलियाहरुको चाहना अनुसार काम गर्दै आएको आरोप लगाए ।

अध्यक्ष दाहालले भने, ‘सत्तारुढ काँग्रेस–एमाले गठबन्धन नेताहरुले होइन, दलाल र विचौलियाहरुले आफ्नै इच्छाअनुसार बनाएको सरकार हो। त्यसैले यस सरकारले भ्रष्टाचार, बेथिति र अराजकताका विरुद्ध केही गर्न सक्दैन। राम्रो काम गर्ने मान्छे हटाइन्छ, आफूलाई फाइदा हुने मान्छे राखिन्छ।’

उनले आफ्नो अनुभवसहित उल्लेख गरे कि आफूले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकारबाट हट्नुपरेको थियो। दाहालले मुलुकलाई सही बाटोमा अघि बढाउन प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए। साथै, उनले संविधानमाथि घात हुने खतरा अझै टरेको नभएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?