काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सरकारले अनिवार्य गर्ने घोषणा गरेको इम्बोस्ड नम्बरबारे संसदमा प्रश्न उठाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेम्वाङले जनतालाई पहिले नै अत्यधिक सवारी कर रहेको भन्दै थप भार पार्न नहुने तर्क गरे । साथै उनले इम्बोस्ड नम्बर प्लेटको औचित्यबारे समेत सरकारसामु प्रश्न उठाए ।
‘जनताको तहबाट प्रश्न उठेका छन्, इस्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो ? के हामीसँग पर्याप्त प्रविधि सेवा केन्द्र छन् ? हजारौं नागरिकले वर्षौं कुदाए पनि लाइसेन्स पाएका छैनन्, कर तिर्न दिनभर लाइन बस्नु परेको छ । यस्तो अवस्थामा इम्बोस्ड नम्बर किन अनिवार्य गरिँदैछ ?,’ उनले भने ।
साथै सरकारले कुनै तयारी नै नगरी इम्बोस्ड नम्बरलाई कार्यान्वयनमा लैजान लागेको भन्दै तत्काल कार्यान्वयन स्थगित गर्न आग्रह गरे ।
नेम्वाङले भने, ‘मेरो विनम्र आग्रह छ, सरकारले तत्काल कार्यान्वयन स्थगित गरि, आवश्यक पूर्वाधार र जनशक्ति सुनिश्चित गरेपछि चरणबद्ध अगाडि बढाइयोस् ।’
उनले इम्बोस्ड नम्बरमा अंग्रेजी भाषा किन राखिएको भन्दै भन्दै प्रश्न समेत उठाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया