काठमाडौं । प्रभु बैंक लिमिटेडले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ ।
युरोमनी लिमिटेडले प्रदान गर्ने युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५ अन्तर्गत प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट साना तथा मझौला उद्यम डिजिटल बैंक’ को अवार्ड प्रदान गरिएको हो ।
सिंगापुरमा आयोजित भव्य समारोहमा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित तीन महिला अधिकृतहरूले संयुक्त रूपमा अवार्ड ग्रहण गरे । यसले प्रभु बैंकमा महिला नेतृत्वको भूमिका र योगदानलाई समेत उजागर गरेको छ ।
प्रभु बैंकले यसअघि पनि ‘बैंक अफ द इयर २०२३’ जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ । निरन्तर रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुँदै आएको यस बैंकले आफ्नो सेवा गुणस्तर, ग्राहकप्रतिको समर्पण र डिजिटल नवप्रवर्तन मार्फत बजारमा अलग पहिचान बनाउन सफल भएको छ ।
साना तथा मझौला उद्यमलाई लक्षित गरी प्रभु बैंकले पछिल्ला वर्षमा मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व भुक्तानी, बीमा तथा वित्तीय परामर्श सेवा, व्यावसायिक भुक्तानी समाधान जस्ता अत्याधुनिक डिजिटल सेवा सञ्चालनमा ल्याएको छ । यी सेवाले साना व्यवसायलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा ठोस सहयोग पुर्याएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अवार्ड प्राप्तिसँगै यसलाई केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जितको रूपमा व्याख्या गरे ।
प्रभु बैंकले साना तथा मझौला उद्यमलाई आफ्नो व्यावसायिक रणनीतिमा विशेष प्राथमिकता दिँदै, ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल समाधान ल्याउने अभियानलाई निरन्तरता दिएको छ। बैंकको सेवा सञ्जालमा हाल ३१२ शाखा, ४८ विस्तार काउन्टर, २५६ एटिएम र सबल डिजिटल प्लेटफर्म मार्फत सेवाहरू उपलब्ध छन् । ‘डिजिटल नेपाल’ अभियानको समर्थन गर्दै बैंकले आगामी दिनमा अझ व्यापक र दिगो डिजिटल समाधान ल्याउने तयारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया