काठमाडौं । गोंगबुस्थित टाउन प्लानिङबाट ४ करोड रुपैयाँभन्दा बढी नगद र ९ किलोभन्दा बढी सुनसहित पक्राउ परेका ७६ वर्षीय विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ ।
गोरखा नगरपालिका–६ घर भएर गोंगबुमा बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए । उनले बरामद नगद र सुनका गहनासहित आरोपीलाई राजस्वमा पठाउन लागेको बताए ।
मंगलबार प्रहरीले छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार रुपैयाँ नगद र ९ किलो ८ सय ३७ ग्राम सुनका गहना बरामद गरेको थियो ।
७६ वर्षीय श्रेष्ठले छोराहरूको ‘एडीबी’ नामको कम्पनी रहेको र बैंकबाट ९ लाखभन्दा धेरैको कारोबार गर्न नमिल्ने भएका कारण घरमा नै नगद राखेको प्रहरीसँग बताएका छन् ।
प्रहरीले भने धरौटीको रूपमा सुन राखेर पैसा ब्याजमा लगाउने गरेको जनाएको छ । उनको घरबाट प्रहरीले ३ किलो २ सय १८ ग्राम चाँदी पनि बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया