संयुक्त विद्यार्थी संगठनले बुझायो एमालेलाई ज्ञापनपत्र

लोकपथ
182
Shares

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले नेकपा एमालेलाई विद्यालय शिक्षा विधेयकसम्बन्धी ज्ञापनपत्र बुझाएको छ ।

विद्यार्थी संगठनका नेताहरूले एमाले कार्यालयमा पुगेर मुख्य सचेतक महेश बर्तौलालाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरूले विद्यालय शिक्षा विधेयकमार्फत विद्यालयीय शिक्षाको सबलीकरणमा भूमिका निर्वाह गर्न सरकारसँग माग गरेका छन् ।

ज्ञापनपत्र प्राप्त भएपछि बर्तौलाले सरकार विद्यालय शिक्षाको सबलीकरणको पक्षमा रहेको र आगामी ऐनमा यस विषयमा विशेष ध्यान दिइने विषयमा विद्यार्थीहरूलाई विश्वस्त पारे ।

यसअघि हिजो कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई समेत विद्यालय शिक्षा विधेयकसम्बन्धी शैक्षिक मुद्दाहरू समेटेर १७ विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?