तराई–मधेसमा सर्पदंशका घटना बढ्दै, सात जनाको मृत्यु

लोकपथ
252
Shares

काठमाडौं । तराई–मधेसका जिल्लामा सर्पदंशका घटना दिनानुदिन बढ्दै गएका छन् । प्रादेशिक अस्पताल जनकपुरधामका अनुसार दैनिक पाँच र छ जना बिरामीहरू सर्पदंशको कारण अस्पताल भर्ना भइरहेका छन् ।

अस्पतालका आपतकालिन सेवा कक्ष प्रमुख उज्ज्वल झाले जानकारी दिएअनुसार, २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ ।

हालसम्म सर्पदंशका कारण प्रादेशिक अस्पतालमा सात जनाको मृत्यु भएको जानकारी दिइएको छ । उनले भने, ‘समयमै अस्पताल पुग्ने भएकाले मृत्यु दरमा कमी आएको छ ।

अस्पतालले वर्षा र गर्मीको समयमा सचेत रहन र सर्पले टोकिहाले नजिकैको स्वास्थ्य संस्था तुरुन्त सम्पर्क गर्न स्वास्थ्यकर्मीहरूको सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?