नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

लोकपथ
749
Shares

 काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भई अस्पताल भर्ना भएकी छन् ।

छाती दुख्ने समस्या देखिएपछि उनलाई सोमबार काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको हो ।

अस्पतालमा उपचारपछि हाल उनका स्वास्थ्यमा क्रमिक सुधार भइरहेको श्रेष्ठको सचिवालयले जनाएको छ ।

श्रेष्ठ पहिलेबाटै मुटु सम्बन्धी समस्या रहेकी थिइन् । गत वर्ष उनले मुटुको शल्यक्रिया गराएकी थिइन् । पछिल्लो पटक पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?