ट्रम्पको आरोप : सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन्

लोकपथ
1.2k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन अमेरिकाविरुद्ध षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

चीनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसरमा राजधानी बेइजिङमा आयोजना गरेको सैन्य शक्ति प्रदर्शनपछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । उक्त परेडमा राष्ट्रपति सीसँगै पुटिन र किमसहित विभिन्न २६ राष्ट्रका प्रमुखहरू सहभागी भएका थिए ।

‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया जनाउँदै ट्रम्पले लेखेका छन्, ‘भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो हार्दिक अभिवादन पुर्‍याइदिनुहोस्, तपाईँहरू अहिले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनुभएको छ।’

यसै अवसरमा उनले चीनलाई दोस्रो विश्वयुद्धमा अमेरिकाले गरेको योगदान सम्झन आग्रह गर्दै अमेरिकी सैनिकहरूको बलिदानलाई उचित सम्मान गर्नुपर्ने बताए । ‘चीनको विजय र गौरवको खोजीमा धेरै अमेरिकीले ज्यान गुमाए । म आशा गर्दछु, उनीहरूको वीरता र बलिदानलाई सम्मानपूर्वक स्मरण गरिनेछ, ‘ट्रम्पले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?