वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

लोकपथ
1.5k
Shares

 काठमाडौं । वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।

बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा ५९ वर्षको उमेर उनको निधन भएको हो ।  गोले करिब दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।

सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा जन्मेकी उनले तामाङ सेलो, लोकदोहोरी र आधुनिक गरी झण्डै ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । 

चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी लगायतका गीत उनका चर्चित कृति हुन् ।

तामाङ कलाकार समाजकी पूर्व अध्यक्ष समेत रहेकी गोलेले तामाङ संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएकी थिइन् । 

उनी कान्छी छोरीसँग हात्तीवनमा बस्दै आएकी थिइन् । श्रीमानको केही वर्षअघि निधन भइसकेको छ भने उनका दुई छोरी छन् ।

उनको अन्त्येष्टि बौद्ध संस्कारअनुसार गर्ने तयारी भएको परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?