आज कहाँ-कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम पूर्वानुमान

लोकपथ
525
Shares

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।

यसको प्रभाव का कारण कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली भएको छ।

बुधबार कोशी र मधेस प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भागका थोरै स्थान तथा अन्य क्षेत्रका एक–दुई स्थानमा वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशको तराई र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?