आफ्नै ‘ट्रेण्ड फलो’ गरेपछि रास्वपाले राप्रपालई दियो धन्यवाद

लोकपथ
4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ट्रेण्ड अवलम्बन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएको छ ।

रास्वपाले निर्वाचनमा उम्मेदवार चयनका लागि आन्तरिक प्रतिष्पर्धामा आफूहरुलाई पच्छ्याएको भन्दै राप्रपालाई धन्यवाद दिएको हो ।

आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा रास्वपाले प्राइमरी इलेक्सन मार्फत् उम्मेदवार छनोट गरेको थियो । रास्वपाले डा. लेखजंग थापालाई प्राइमरी इलेक्सनमार्फत् उम्मेदवार खडा गरेको थियो । यता राप्रपाले पनि मंगलबार कार्यसम्पादन समितिको बैठक बसी सो निर्वाचनका लागि प्रारम्भिक भोटिङमार्फत् उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।

त्यसबारे प्रतिक्रिया जनाउँदै रास्वपाले भनेको छ, ‘हामीले वाचापत्र लेख्दै गर्दा एउटा कुरा प्रष्ट भनेका थियौँ, हाम्रो यो वाचापत्रको सर्वाधिकार नेपाली जनतामा निहित रहनेछ। अनि यस बाचापत्रका कुनै पनि अंश वा वाचाहरू कुनै पनि नेपाली दल वा सरकारद्वारा पुनरुत्पादन, कार्यान्वयन वा कपी गरेको पाइएमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सधन्यवाद स्याबास भनिने छ। स्याबास राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार छनोट गर्ने हेतु आन्तरिक प्रारम्भिक निर्वाचन गर्ने दिशामा अघि बढेकोमा ।’

यो पनि…

रुपन्देही–३ उपनिर्वाचन : राप्रपाले पनि ‘प्राइमरी इलेक्सन’ बाट उम्मेदवार छनोट गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?