काठमाडौं । काठमाडौंमा गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै मोटरसाइकल र्याली भएको छ ।
मंगलबार अपरान्ह कलंकी, ढुंगे अड्डा, भगवती कप्लेक्स लगायतका स्थानमा मोटरसाइक र्याली गरिएको हो ।
राजाराम तण्डुकारको नेतृत्वमा बृहत मोटरसाइकल र्याली गरी सरकारलाई त्यस विषयमा सचेत गराइएको हो । साथै उनले सरकारले आफूहरुको माग समयमा नै सम्बोधन नगरे आगामी दिनमा आन्दोलनलाई थप चर्काउने चेतावनी समेत दिइएको छ ।
काठमाडौंमा लामो समयदेखि खोला तथा नदीको मापदण्डका विषयमा आवाज उठ्दै आइरहेको छ । त्यसो त २०६५ साल कार्तिक १ गते सरकारले खोला किनारबाट २० मिटर दायाँबायाँ मापदण्ड तोक्ने निर्णय गरेको थियो । तर त्यसबेला खोला किनारमा २० मिटर दायाँबायाँ रहेका घरहरु भत्काइएकोमा अझैसम्म मुआब्जा र क्षतिपुर्ति नदिइएको भन्दै आक्रोश पैदा भइरहेको छ । त्यस्तै ०८० साल पुस ३ गते सर्वोच्च अदालतले २० मिटर मापदण्ड तोकेर ४० मिटर दाँयाबाँया कायम गर्न आदेश दिएको थियो । सरकारको निर्णय अनुसार नै पीडित रहेको र पछि सर्वोच्चको फैसलाले थप आफूहरु पीडामा परेको भन्दै संघर्ष समितिले उक्त फैसला कार्यान्वयन गर्न नदिन दबाब सिर्जना गरेको हो ।

हाल काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायत अन्य पालिकाहरुले थप २० मिटर क्षेत्रमा भवन निर्माण रोक्का राखेका र बैंक तथा वित्तीय संस्थताहरुले ऋण प्रवाह रोक्का गरेको र धितो लिइ ऋण प्रवाह गरेको ऋण पनि अशुल वा अर्को धितो राख्न समेत ताकेको गरेको संघर्ष समितिको गुनासो रहेको छ ।
त्यस्तै खोलाको मापदण्ड पीडित संघर्ष समितिले आगामी भदौ २६ गते माइतीघरमा सडक तथा खोला मापदण्ड खारेजीको मागसहित प्रदर्शन गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया