काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो महिना यानेकी साउन महिनामा मात्रै १ हजार बढी फरार प्रतिवादी पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय कार्यालयले दिएको तथ्यांक अनुसार साउन महिनामा मात्रै प्रहरीले १ हजार ७८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जनाएको छ । जसअनुसार सबैभन्दा धेरै काठमाडौं उपत्यकाबाट पक्राउ गरिएको छ ।
काठमाडौं उपत्यकाबाट प्रहरीले २ सय ३८ जनालाई पक्राउ गरेको हो । विभिन्न समयमा अदालतबाट सजाय पाएका ती व्यक्तिहरुबाट २ करोड २९ लाख ६६ हजार १४२ रुपैयाँ बराबरको जरिवाना सुनाइएको तोकिएको थियो ।
प्रहरीले कोशी प्रदेशबाट ११९ जना (७३,४२, २५५ रुपैयाँ जरिवाना), मधेश प्रदेशबाट १७७ जना (४२, ०४, १९४ जरिवाना), बागमती प्रदेशबाट ९५ जना (१, ५२, ३०, ८२७ रुपैयाँ जरिवाना), गण्डकी प्रदेशबाट ११८ जना (२,२९,७४,४४१ रुपैयाँ जरिवाना) तोकिएको थियो ।
त्यसैगरी लुम्बिनी प्रदेशबाट २०६ जना (२,६२, ६१, १४७ रुपैयाँ जरिवाना), कर्णाली प्रदेशबाट ५३ जना (८,८६,५२० रुपैयाँ जरिवाना), सुदूरपश्चिम प्रदेशबाट ५८ जना (१६, ११, ५५० रुपैयाँ जरिवाना) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट १४ जना पक्राउ गरिएको हो । उनीहरुबाट १४ करोड २४ लाख ८० हजार ६ सय ८ रुपैयाँ जरिवाना तोकिएको छ ।
यसरी एक महिनाको अवधिमा फरार प्रतिवादीहरुबाट २४ करोड ३९ लाख ४७ हजार ६ सय ८४ रुपैयाँ बराबर जरिवाना असुल हुने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया