काठमाडौं । अपहरण तथा शरीर बन्धक गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ परेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने ४१ वर्षीय विराज सिंह लवट खत्री र ४४ वर्षीय राज लवट खत्री तथा फुटुङ बस्ने ३९ वर्षीय सन्तोष महर्जन रहेका छन् ।
उनीहरुले सोमबार दिउँसो ३ः३८ बजेको समयमा फुटुङस्थित पदमचक्र स्कुल नजिकै एक घरमा प्रवेश गरी त्यहाँबाट एकजनालाई अपहरण गरेका थिए ।
उनीहरुले ती व्यक्तिलाई फुटुङबाट अपहरण गरी तारकेश्वर नगरपालिका–१ स्थित एक घरमा पुर्याएका थिए । उनीहरुले ती अपहरित व्यक्तिको मोबाइल समेत अफ गरी राखेको अवस्थामा प्रहरी बृत्त बालाजुबाट खटिएको टोलीले तीनै जनालाई पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया