अनिल केशरी शाह सेञ्चुरी बैंकको सिईओ नियुक्त

काठमाडौैं, २१ कात्तिक । सेञ्चुरी कमर्सियल बैंकको संचालक समितिको बैठकले अनिल केशरी शाहलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ शाहलाई १ जनवरी २०१८ देखि लागु हुनेगरी ४ वर्षको लागि सिईओ नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ्ग सेवा प्रारम्भ शाहले गरेका शाहले सो बैंकमा १३ वर्ष,नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ५ वर्ष र मेगा बैंक नेपालको स्थापना कालदेखी नै प्रमुख कार्यकारी अधिकृतको रुपमा रही दुई कार्यकाल अर्थात ८ वर्ष काम गरेका थिए शाहले भारतको दिल्ली विश्व विद्यालयबाट स्नातकोत्तर गरी अमेरिकाको हार्भाड विश्व विद्यालयबाट “२१ औं शताब्दीका लागि नेतृत्व” विषयमा विशेष अध्ययन गरेका छन् सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५ वटा क्षेत्रिय बैंकहरुलाई एकीकृत तथा हकप्रद शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम ८ अर्ब पूंजी पु¥याउदै छ भने १०० भन्दा बढी शाखा कार्यलयहरुबाट बैंकिङ्ग सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । यस अवस्थामा शाहको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विष्टिकृत पहिचान बनाउदै अगाडी बढ्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?