काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङबिच भेटघाट भएको छ ।
मंगलबार अपरान्ह ओली र चङबिच बेइजिङमा भेटघाट भएको हो ।

बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले यसअघि नै चिनियाँ राष्ट्रपति सी जिनपिङसहित अन्य शीर्ष नेताहरुलाई भेटिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया