न्यायपरिषद्ले गर्‍यो ६ जिल्ला न्यायाधीशको सिफारिस [नामसहित]

लोकपथ
756
Shares

काठमाडौं । ६ जना जिल्ला न्यायाधीशको सिफारिस भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा मंगलबार बसेको न्यायपरिषद्को बैठकले ६ जिल्ला न्यायाधीशको सिफारिस गरेको हो ।

जसअनुसार जिल्ला सरकारी वकिल कार्यालयबाट गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालत, उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेलधुरा जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ ।

यसैगरी श्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट जिल्ला अदालत, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर जिल्ला अदालत, सर्वोच्चका उपरजिष्ट्रार अनुपमा पन्तलाई धनुषा जिल्ला अदालत र कानुन मन्त्रालयका उपसचिव विश्वदिप वेस्रालाई रौतहट जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरिएको हो ।

यो पनि…

न्याय परिषद्को बैठक बस्दै, ६ जना जिल्ला न्यायाधीश सिफारिसको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?