देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

लोकपथ
252
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार नुवाकोटको तादी गाउँपालिका–१ घर भएका ७२ वर्षीय हरिशरण थापा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । उनी हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ मा डेरा गरि बस्दै आइरहेका थिए ।

त्यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ ठाडेस्थित प्लेङजुङ खोलामा कालिका गाउँपालिका–१ ग्राङ बस्ने २३ वर्षीय दावा दिण्डुप तामाङ र सोही ठाउँ बस्ने २२ वर्षीय सुदिप घले मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै गोरखामा नुवाकोट विदुर नगरपालिका वडा नं ८ मा ५१ वर्षीया उमादेवी भट्ट बर्खेघाटस्थित त्रिशुली नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् ।

उनी गोरखा, गण्डकी गाउँपालिका–८ वर्खेघाटस्थित त्रिशुली नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् । भट्ट केहीदिनदेखि हराइरहेकी थिइन् । उनी नुवाकोटको देविघाटस्थित जालपादेवी मन्दिरस्थित त्रिशुली नदीबाट हराइरहेकी थिइन् ।

छुट्टाछुट्टै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?