संघीय निजामति सेवा विधेयक सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

लोकपथ
357
Shares

काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन प्रस्तुत गरिन्।

प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामति सेवाका कर्मचारीले आफ्नो जिम्मेवारीप्रति निष्ठावान र प्रतिबद्ध रहनुपर्ने उल्लेख गर्दै, नीति निर्माण तथा कार्यान्वयनमा स्वार्थको द्वन्द्व नहोस् भन्ने उद्देश्यले अवकाशपश्चात् दुई वर्षसम्म अन्यत्र सेवा गर्न कुनै नियुक्ति नगर्ने व्यवस्था विधेयकमा गरिएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?