गोँगबुको एक घरबाट ३ करोड भन्दा बढी रकम बरामद

लोकपथ
8.7k
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित गोँगबुको एक घरबाट स्रोत नखुलेको ३ करोड भन्दा बढी रकम प्रहरीले बरामद गरेको छ ।

मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विनोदकुमार श्रेष्ठको घरबाट सो रकम बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणमा रकम बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लोकपथलाई जानकारी दिए ।

‘हामीले ३ करोड भन्दा बढी रकम बरामद गरेका छौँ । अन्य अनुसन्धान जारी छ,’ उनले भने ।

स्रोत नखुलेको रकम राख्ने श्रेष्ठ व्यवसायी भएको र उनको सुन तस्करहरुसँग मिलेमतो रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।

उनका अनुसार सो घरबाट केही सुन समेत बरामद गरिएको छ । अनुसन्धानका लागि श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?