काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा हुनेछ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ ।
उनका अनुसार, ‘केन्द्रीय कमिटी बैठक एकपटक बसिसक्यो, अब अर्को बस्ने सम्भावना छैन । विधान अधिवेशनको अन्य तयारी चाँडै सक्नुपर्ने भएकाले बैठक बस्न नसकेको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया