काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको हुलाक सेवाप्रति विश्वास र प्रभावकारिता बढाउन श्रम सम्झौता भएका सबै मुलुकसँग हुलाक सम्झौता गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली नागरिक बसोबास गर्ने सबै देशमा हुलाक सेवा विस्तार अनिवार्य भएको बताए ।
मन्त्री गुरुङले भने, ‘नेपालसँग श्रम सम्झौता भएका सबै देशमा अनिवार्य रूपमा हुलाकको व्यवस्था हुनुपर्छ। जहाँ जहाँ नेपाली डायस्पोरा छन्, त्यहाँ पनि हुलाकको पहुँच हुनुपर्छ। यति गर्न सकिए मात्र हुलाकको काम प्रभावकारी हुनेछ र संस्थाप्रति विश्वास बढ्नेछ ।’
उनले हुलाक सेवा विभागले तिर्नुपर्ने बाँकी बक्यौताको लागि आवश्यक पहल अर्थ मन्त्रालयसँग गर्ने आश्वासन पनि दिएका छन् । मन्त्री गुरुङका अनुसार यसरी हुलाक सेवा सुधार गर्न सकेमा यसलाई राम्रो संस्थाको रूपमा विकास गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया