नारायणकाजी श्रेष्ठविरुद्धको मुद्दा श्रेष्ठ र पौडेलको इजलासमा

लोकपथ
1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध सुनुवाइको लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतमा दायर अवहेलना सम्बन्धी मुद्दामा मंगलबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुने तय भएको हो ।

भदौ १५ गते आयुष दाहालले श्रेष्ठमाथि अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउनेगरी सार्वजनिक रूपमा टिप्पणी गरेको आरोपमा अवहेलना मुद्दा दर्ता गरेका थिए ।

रिट निवेदकले श्रेष्ठमाथि अदालतको अवहेलनाका लागि कारबाही माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?