संयुक्त विद्यार्थी संगठनद्वारा कार्यवाहक प्रधानमन्त्रीलाई ९ बुँदे ज्ञापनपत्र

लोकपथ
658
Shares

 काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीमैत्री शिक्षा ऐन लागु गर्न माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) का महासचिव रोशन थापा मगरले मागपत्र वाचन गर्दै शैक्षिक क्षेत्रमा निजीकरण र व्यापारीकरणको अन्त्य गरी शिक्षालाई सेवामुखी क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए ।

संगठनले नयाँ निजी शिक्षण संस्था खोल्न प्रतिबन्ध लगाउन, सबै तहमा क्रमशः निःशुल्क शिक्षा सुनिश्चित गर्न र प्रस्तावित शिक्षा विधेयकमा शिक्षक सेवा प्रवेश उमेर हद तथा योग्यता सम्बन्धी प्रावधान खारेज गरी साविक व्यवस्था कायम गर्नुपर्ने माग राखेको छ ।

हेर्नुहोस् ज्ञापनपत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?