मोटरसाइकल दुर्घटनामा परी हराएका २ युवक मृत भेटिए, ‘रोप रेस्क्यु’ विधिबाट शव निकालियो

लोकपथ
16.6k
Shares

काठमाडौं । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका २ जनाको शव फेला परेको छ । 

फेला परेको दुवै शव रोप रेस्क्यु विधिबाट निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

भदौ १५ गते आइतबार रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ ठाडे बस्ने २४ वर्षीय सुदीप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएकोमा त्यसै दिन बेपत्ता भएका थिए ।

उनीहरू सम्पर्कमा नआएपछि निजको आफन्तले खोजीकार्यको लागि भदौ १७ गते बिहान जिल्ला प्रहरी कार्यालय रसुवामा निवेदन दिएका थिए ।

निवेदन प्राप्त भएपछि नेपाली सेना श्रीनाथ गण धुन्चेस्थित चेकप्वाइन्टमा जडान भएको सिसिटिभी फुटेजमा सोही दिनको राति करिब १० बजेको समयमा धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो ।

सिसिटिभी फुटेजकै आधारमा उनीहरूको खोजीकार्यको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोहवीर नगालको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलसहितको संयुक्त टोली आज मंगलबार बिहान परिचालन भएको थियो ।

घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट करिब २ सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको जस्तो देखिएको सशस्त्रका सहप्रवक्ता थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?