प्रधानमन्त्री ओली बेइजिङ पुगे, चिनियाँ उपराष्ट्रपतिसँग भेट हुने

लोकपथ
224
Shares

काठमाडौं । चीनको थियानजिन सहरमा सम्पन्न शांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलन सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बेइजिङ पुगेका छन् ।

थियानजिनको कार्यक्रम सकाएर रेलमार्ग हुँदै उनी बेइजिङ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बेइजिङ पुगेपछि चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले आजै चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्नेछन् ।

उपराष्ट्रपति चङ्गद्वारा आयोजना हुने रात्रिभोजमा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

यसअघि थियानजिनमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन् ।

भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल भदौ १८ गते बेइजिङमा आयोजित फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीसहित प्रतिनिधिमण्डल स्वदेश फर्कनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?