काठमाडौं । सुडानको पश्चिमी क्षेत्रमा गएको भीषण पहिरोमा कम्तीमा १,००० जनाको मृत्यु भएको छ ।
सुडान लिबरेशन मुभमेन्ट (आर्मी) ले जारी गरेको विज्ञप्तिमा पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको तारासिन गाउँमा पहिरो जाँदा प्रायः सम्पूर्ण गाउँ विनाश भएको जनाएको छ ।
बीबीसीका अनुसार, लगातार धेरै दिनसम्म परेको भारी वर्षापछि भदौ आइतबार पहिरो गएको हो । विद्रोही संगठनले प्रारम्भिक विवरणमा गाउँका सबै बासिन्दा मृत्यु भएको र केवल एक जनामात्र जीवित रहेको दाबी गरेको छ । मृतकमध्ये बालबालिका पनि रहेको बताइएको छ ।
सुडान लिबरेशन मुभमेन्टले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूलाई उद्धार तथा राहतका लागि तत्काल सहयोग गर्न अपिल गरेको छ ।
गृहयुद्धले ग्रस्त सुडान अहिले विश्वकै गम्भीर मानवीय संकटमध्ये एकमा छ । दारफुरका केही भागमा भोकमरी घोषणा भइसकेको छ भने खाद्यान्न र औषधिको तीव्र अभाव रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया