प्रतिबन्धित ५ सय र १ हजारका भारुको यसरी हुन्छ बढी मूल्यमा कारोबार

एजेन्सीनयाँ दिल्ली, २१ कात्तिक । गत वर्षको नोभेम्बर ८ मा नोटबन्दीपछि ५ सय र एक हजार दरका भारु नोट अब आम चलनचल्तीमा छैनन् । नोटबन्दीका क्रममा दिइएको चार महिनाको समयमा यी सबै नोटहरु बैंकमा जम्मा गराउन आदेश दिइएको थियो ।

अहिलेसम्म पनि ठूलो संख्यामा यस्ता नोटहरु बैंकिङ प्रणालीमा फिर्ता आइसकेका छैनन् । हाल आएर यी रकमहरु पुराना नोटको अनलाइन बिक्री गर्ने वेबसाइट ईबेमा बिक्री भइरहेको खबर बाहिर आएको छ । अझ यी नोटहरुको मूल्य वास्तविकभन्दा बढी रहेको पाइएको छ । पुरानो नोटका शौखिनहरु यी नोटको ग्राहक बन्ने गरेका छन् ।

ईबेमा हुन्छ लिलामीभारतीय मुद्राका दुर्लभ नोटको इबेमा लिलामी हुन्छ । ईबेले बेलाबेलामा यस्ता नोटको लिलामी गर्ने गर्दछ । यस्तो लिलामीमा कसैले अनलाइनबाट समेत भाग लिन सक्छन् । यदी तपाईसँग कुनै सिरिजको नोट भएमा तपाईले पनि कमाई गर्न सक्नुहुन्छ ।

खासगरी ‘७८६’ नम्बर भएका नोटहरुको लिलामी १ देखि तीन लाख रुपैयाँसम्ममा हुने गर्दछ । यसै साइटमा ५ सय र १ हजारका पुराना नोट समेत उपलब्ध रहेका छन् । यद्यपि यो कुनै नौलो कुरा नभएर पहिले पनि राखिएको हुन्थ्यो ।

कतिसम्म मूल्य पाइन्छ ?‘ईबे’ बेबसाइटमा बिक्ने ५ सय र १ हजारका नोट २९९ देखि १० हजार सम्ममा बिक्री हुने गर्दछन् । यसका साथै २ सय र ५ सयका नयाँ नोट पनि साइटमा लिलामीका लागि राखिएका छन् । नयाँ ५ सयका नोटको मूल्य १२ सय रुपैयाँ सम्म आउने गर्दछ भने कुनैको मूल्य ७ लाखसम्म पनि पर्ने गर्दछ ।

२ हजारका नोट पनि लिलामीमावेबसाइट ईबेमा २ हजारका नयाँ नोट पनि लिलामीका लागि उपलब्ध रहेका छन् । यी नोटको मूल्य पनि तपाई हामीले अनुमान गरेको भन्दा बढी रहेको छ । ईबेमा यी नोटको मूल्य डेढ लाखसम्म आउने गर्दछ । यो नोट ७८६ को सिरियल नम्बरको सिरिजको हो ।

७८६ नम्बरका नोटको मूल्य किन बढी ?लकी मानिने नम्बर ‘७८६’ सिरिजवाला नोटको मूल्य धेरै रहेको छ । ७८६ नम्बरको २ सयको नोटको मूल्य ४२५ रुपैयाँ र ५ सयको नोटको मूल्य ९ सय रहेको छ । जहाँ १० को पुरानो नोटको १२० रुपैयाँ, १ रुपैयाँको पुरानो नोटको १४० रुपैयाँ र १ सयको पुरानो नोटको २७५ रुपैयाँ पर्दछ भने पूर्ण चक्रम भएको २० को नोटको मूल्य १ हजार ६ सय ९९ रहेको छ ।

कारबाही हुनसक्छएक वर्षअघि नोटबन्दीका कारण पुराना नोटहरु चलनमा छैनन् र यस्तो अवस्थामा धेरै नोटहरु राख्नु दण्डनीय अपराध हो । कलेक्सनका रुपमा केही नोट राख्न सकिन्छ । कसैसँग पनि ५ सय । १ हजारका पुराना नोट १० भन्दा बढी भएमा उनीहरुमाथि कानुनी कारबाही समेत हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?