बागलुङमा पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, पर्यटक अलपत्र

लोकपथ
56
Shares
फाइल तस्बिर

बागलुङ । भारी वर्षापछि खसेको पहिराले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । ढोरपाटन नगरपालिका–७ धाराबोटमा सोमबार साँझ ठुलो पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा ढोरपाटन सिकार आरक्ष घुम्न आएका पर्यटक अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेतका अनुसार पहिरो ठुलो भएकाले सडक खोल्न कठिनाइ भइरहेको छ ।

‘बिहानैदेखि मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ, तर अझै समय लाग्ने देखिन्छ,बस्नेतले बताए ।

सडक अवरुद्धका कारण स्थानीयवासीको समेत आवतजावतमा समस्या भएको छ । वैकल्पिक मार्ग नहुँदा थप कठिनाइ भएको प्रहरीले जनाएको छ ।

मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै ढोरपाटन आउने–जाने गर्न प्रहरीले पर्यटकलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?