गोरखामा रात्रिबस दुर्घटना, २१ जना यात्रु घाइते

लोकपथ
497
Shares

काठमाडौं । काठमाडौंबाट आरुघाट-सोतीतर्फ गइरहेको यात्रुबाहक रात्रिबस गोरखामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

बा ०१–००६ ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?