काठमाडौं । शांघाइ सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबिच आज भेटवार्ता भएको छ ।
व्यस्त कार्यतालिकाबिच पनि थियानजिनस्थित होटेल रिट्ज कार्लटोनमा भएको भेटवार्ताको प्रारम्भमा सञ्चारकर्मीसहितको उपस्थितिमा केही बेर दुई नेताबिच छलफल भएको थियो ।
त्यसपछि करिब आधा घण्टा उनीहरूबिच एक्ला एक्लै छलफल भएको थियो ।
छलफलको अन्तिममा प्रतिनिधिमण्डलका सहभागी सदस्यलाई राष्ट्रपति पुटिनले भेटेका थिए ।
नेपाल र रूसबिचको द्विपक्षीय सम्बन्ध तत्कालीन सोभियत संघ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गर्दै राष्ट्रपति पुटिनले नेपाल र रुसबिचको सम्बन्धमा कुनै समस्या नरहेको बताए ।
प्रधानमन्त्री ओलीले व्यस्तताबिच नेपाललाई समय दिएकामा राष्ट्रपति पुटिनलाई धन्यवाद दिँदै आपसी सम्बन्धलाई अझ विस्तार गर्न आग्रह गरे । उनले रुसमा पढेर स्वदेश फर्किएकाहरूले चिकित्सा क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा सेवा गरिरहेका उल्लेख गर्दै रुसको शैक्षिक अवस्था गुणस्तरीय रहेकामा प्रशंसा गरे ।
उनीहरूबिच उच्चस्तरीय भ्रमणको आदानप्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चीनफिङलगायत विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया