काठमाडौं । शांघाइ सहयोग संगठन (एससिओ) प्लसको थियानजिनमा सम्पन्न शिखर सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्दैछन् ।
बेइजिङमा ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्नेछन् र उपराष्ट्रपतिद्वारा आयोजित रात्रि भोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। यसअघि ओलीले थियानजिनमा राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय वार्ता गरिसकेका छन् ।
भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल यही भदौ १८ गते बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको युद्धमा विजय प्राप्तिको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ । सोही दिन उनीहरू स्वदेश फर्कने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया