साहित्य, कला र संस्कृतिको विकासबिना समृद्ध नेपाल सम्भव छैन : राष्ट्रपति पौडेल

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताएका छन् । सोमबार राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताए । उनले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरुको साझा थलो भएको उल्लेख गर्दै संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमश्रृंखलाले सुशोभित शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधिन नभएको स्वाधिन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै भएको बताए । 

राष्ट्रपति पौडेलले हरेक मानिसको जीवनमा भाषा, साहित्य र संस्कृतिको महत्त्व ठुलो हुने बताए । नेपालको शान र पहिचान भनेकै भाषा, साहित्य र संस्कृति रहेको बताए । यसको विकास र उत्थान गर्नु नेपालीहरूको साझा दायित्व रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?