पत्रकारसँग डा. लेखजंग थापाले गर्ने भनेको भेटघाट रास्वपाले सार्‍यो

लोकपथ
1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नं ३ मा उम्मेदवार बनेका डा. लेखजंग थापाले पत्रकारसँग भेटघाट गर्ने कार्यक्रम स्थगित भएको छ ।

आइतबार रास्वपाले थापालाई रुपन्देही–३ को प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यससँगै थापाले आज पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए ।

सोही अनुसार पार्टी प्रवक्ता मनिष झाले आज दिँउसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भेटघाटका लागि आग्रह गरेका थिए ।

‘आज दिउँसो २ बजे, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा डाक्टर लेख जंग थापा ज्यु ले पत्रकार भेटघाट र अन्तरक्रियाको लागि तपाईँहरूको उपस्थितिको लागि अनुरोध गर्नुभएको छ,’ उनले भनेका थिए ।

तर प्रवक्ता झाले पुनः केही समयपछि पत्रकारसँग भेटघाट कार्यक्रम स्थगित भएको जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै अनिश्चितकालका लागि भेटघाट सारिएको रास्वपाले जनाएको छ ।

‘विशेष कारणवस पत्रकार भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको छ,’ प्रवक्ता झाले भनेका छन् ।

आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले थापालाई प्राइमरी इलेक्सनमार्फत् उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?