संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा धवलशम्शेर राणा

लोकपथ
1.5k
Shares

काठमाडौं । संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकको जिम्मेवारी डा. धवलशम्शेर राणालाई दिइएको छ।

समितिका संयोजक नवराज सुवेदीले आफू केही समयका लागि देश बाहिर जानुपर्ने भएकाले राणालाई कार्यवाहक संयोजकको जिम्मेवारी दिएका हुन् ।

सुवेदीले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो अनुपस्थितिमा समितिको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रूपमा निर्वाह गर्न सह–संयोजक डा. राणालाई जिम्मा दिएको जानकारी गराएका छन् ।

संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको एजेन्डा अघि सारेको छ । समितिले जारी संघर्षलाई निरन्तरता दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?