एजेन्सी । इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा हमासको सशस्त्र शाखाका प्रवक्ता अबु ओबेदा मारिएको जनाएको छ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक्समा पोस्ट गर्दै ‘सफल कार्यान्वयन’ को लागि इजरायल रक्षा बल (IDF) र सुरक्षा एजेन्सी शिन बेटलाई बधाई दिँदै उनको मृत्यु पुष्टि गरेको बीबीसीले जनाएको छ ।
तर, हमासले अझै उनको मृत्युको पुष्टि गरेको छैन । यसअघि प्यालेस्टिनी सशस्त्र समूहले गाजामा जिल्लाको एक आवासीय भवनमा इजरायली आक्रमणमा दर्जनौँ नागरिक मारिएको र घाइते भएको बताएको थियो ।
स्थानीय पत्रकारहरूको रिपोर्टअनुसार, अल-रिमल छिमेकको घना बस्तीमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । हताहतमा बालबालिकाहरू समेत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया