काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहँदा मुलुकभर बदलीको प्रभाव देखिएको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै अन्य प्रदेशका पहाडी भूभागमा साधारणतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।
आज सोमबार दिनभर मुलुकभर साधारणतया बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य पहाडी र तराई भूभागका थोरै भागमा मध्यम वर्षा हुने सम्भावना छ ।
त्यस्तै, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया