प्रधानमन्त्री ओलीसँग भेटेपछि मोदीले लेखे– ‘नेपालसँगको सम्बन्ध चिरस्थायी छ’

लोकपथ
1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी राष्ट्र भारतका समकक्षी नरेन्द्र मोदीबिच भेटघाट भएको छ ।

चिनियाँ भ्रमणका क्रममा प्रधानमन्त्री ओली र मोदीबिच भेटघाट भएको हो ।

भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ मा तस्बिर सार्वजनिक गर्दै नेपालसँगको सम्बन्ध चिरस्थायी रहेको बताएका छन् ।

‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु । भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ,’ उनले भनेका छन् ।

त्यसो त केही समयअघि भारत र चीनले नेपालको भूभाग हुँदै व्यापार गर्ने बाटो खोलेसँगै दुई देशको सम्बन्धमा चिसोपना आउने तर्क बाहिरिएको थियो । साथै शनिबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपती सी जिङजिङसँग भेट गरी त्यस विषयमा आपत्ति जनाएका थिए । जसकारण नेपाल र भारतबिच थप चिसोपना आउनसक्ने आँकलन गरिएकोमा मोदीले थप माहोल शान्त बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?