बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक

लोकपथ
175
Shares

काठमाडौं । बीपी राजमार्गमा भदौ मसान्तसम्मका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । आइतबार जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्मै राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

 प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गत वर्षको बर्सातबाट क्षतिग्रस्त भएको राजमार्ग, कमजोर भौगोलिक अवस्था र अझै जारी रहेको मनसुनका कारण यो निर्णय आवश्यक भएको जानकारी दिएका छन् ।

निर्णय अनुसार काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन साँझ ६स्३० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइने छ ।

विशेष गरी काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड जोखिमयुक्त भएकाले यस क्षेत्रमा सवारी साधन रोक लगाइएको हो । जिल्ला प्रशासनले यात्रु तथा चालकहरूलाई आफ्नो सुरक्षा र जनधनको रक्षा गर्न नियम पालना गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?