काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्रको झलनाथ–घनश्याम पक्षीय नेताहरूले आन्तरिक छलफल थालेका छन् । नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा आइतबारदेखि सुरु भएको बैठकमा पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटीलगायतका बैठकहरूको एजेन्डा तय गर्ने विषयमा चर्चा भइरहेको छ ।
बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई र मनाकुमारी साउदलगायत नेताहरू सहभागी छन् । सहभागी नेताहरूले यसलाई अनौपचारिक छलफल भनेका छन् ।
पछिल्लो समय अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच असमझदारी बढ्दै गएको छ । दुवै नेताले सार्वजनिक रूपमा एक अर्काका अभिव्यक्तिको खण्डन गर्दै आएका कारण पार्टीभित्र विभाजनमूलक धारणा बढेको विश्लेषण गरिन्छ ।
यसबिचमा झलनाथ–घनश्याम समूह सक्रिय बन्दै गएको छ भने नेतृत्व पक्षले पनि आफ्ना कार्यकर्ता र नेताहरूसँग आन्तरिक सल्लाह–सम्पर्कलाई तीव्र पारेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया