लिङ्देनको गुनासो : ‘सभामुखले हाम्रो माग बेवास्ता गरे’

लोकपथ
91
Shares

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

आइतबार झापामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सो माग सम्बोधन नभएसम्म संसद् अवरुद्ध गर्ने कार्यलाई निरन्तरता दिने बताए । उनले आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगै सडकमा उत्रिन सक्ने चेतावनी पनि दिए ।

सभामुख देवराज घिमिरेले संसद् सञ्चालनका क्रममा आफूहरूको माग बेवास्ता गरेको भन्दै लिङ्देनले असन्तुष्टि जनाए । उनले सरकारप्रति पनि गम्भीर आक्रोश व्यक्त गर्दै भने, ‘भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनलाई सहज बनाउनुपर्छ । राजीनामा नदिए पनि आयोग गठन त हुनैपर्छ । भोली दोषी ठहरिए सजाय त भोग्नुपर्छ ।

उनले सरकार र सभामुखको भूमिका जनताले हेरिरहेको दाबी गर्दै यस प्रकरणको मूल्यांकन आगामी दिनमा जनताले गर्ने बताए । लिङ्देनले यो अधिवेशनभरि निरन्तर विरोध जारी रहने चेतावनी दिँदै आवश्यकता परे दुई दल सडक आन्दोलनमा आउनेसमेत उल्लेख गरे ।

फरक प्रसङ्गमा उनले पार्टीमा नयाँ साथीलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चाएर अघि बढ्न आफू तयार रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?