साताको पहिलो कारोबार दिन : शेयर बजारका सबै सूचक घटे

लोकपथ
126
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंकले घट्दै १.१२ प्रतिशतले ओरालो लागेको हो ।

कारोबार सुरु भएदेखि नै रातो अंकमा रहेको बजार अन्तिम समयसम्म सोही स्थितिमा कायम रह्यो । यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बिहीबार ८ अर्ब ९ करोड रुपैयाँको कारोबार भए पनि आज ६ अर्ब ६ करोडमै सीमित भएको छ ।

आज २१ कम्पनीको मूल्य बढ्दा २२८ को घट्यो भने १ कम्पनीको स्थिर रह्यो । समग्र समूह सूचक ओरालो लागेका छन् । तीमध्ये विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशतले घट्यो । त्यसैगरी बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार समूह ०.३८ प्रतिशतले घटे ।

वृद्धि हुने कम्पनीमध्ये उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशतले बढ्यो । आशा लघुवित्त ४.१६, समता लघुवित्त २.६४ र मिड सोलु १.८७ प्रतिशतले बढेका छन् ।

यता, नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै ७.४५ प्रतिशतले घट्यो । छ्याङ्दी हाइड्रोपावर ७.०७ र पिपुल्स पावर ५.४१ प्रतिशतले घटे ।

आज धेरै कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल रिपब्लिक मिडिया र पिपुल्स पावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?