काठमाडौं । शिक्षकहरूले आइतबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफ्नो माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्नुपर्ने भन्दै चौथो दिन पनि सो पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।
महासंघका प्रतिनिधिहरूले यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा समेत धर्ना दिइसकेका छन् ।
उनीहरूले आफ्नो माग सम्बोधन नभए भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सुरु गर्ने घोषणा पनि गरेका छन् ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने, ‘देशभरीका शिक्षक कर्मचारी साथीहरू दोस्रो चरणको आन्दोलनको तयारीमा रहौँ। हाम्रा माग, मुद्दा सुनुवाइ भएन भने, ऐनले बोकेर आएको भए पनि हामी अत्यन्तै कडा २०८१/८२ भन्दा पनि कडा आन्दोलन गर्नेछौँ। त्यसका लागि तम्तयार रहन सम्पूर्ण शिक्षक, कर्मचारी साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।’
महासंघले विद्यालय शिक्षा विधेयकमा आफ्नो मुख्य माग समावेश नभएको उल्लेख गर्दै राजनीतिक दलहरूलाई दबाब दिन केन्द्रीय कार्यालयमा धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया